जेठ ०५, २०८१, शनिबार
               

शुक्रबार फर्किए ६०१ जना नेपाली

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार विभिन्न देशबाट  ६०१ जना नेपाली घर फर्किएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ । आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ ।

कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।
     
आन्तरिकतर्फ आज सात उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो पनि