बैशाख २६, २०८१, बुधबार
               

अब चितवनमा निषेधाज्ञा केही खुकुलो हुने

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । 

यसअघि लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिनै लाग्दा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सूचना जारी गरी  सो कुरा जानकारी दिएका हुन् । 

प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचका आधारमा अब बिहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन हुनेछन् भने औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा २४ घन्टै सञ्चालन हुनेछन् । 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ ।

त्यसैगरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने गरी कार्यालय सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालयमा  ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन हुनेछन् । कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारीसाधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन चल्नेछन् ।

यो पनि