बैशाख २४, २०८१, सोमबार
               

कोरोना संक्रमितको घरमा लगाइयो ताला

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

भक्तपुर । कोरोना संक्रमितको घरमा वडा कार्यालयले ताला लगाइदिएको छ । 

भक्तपुर नगरपालिका-१० का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको घरमा सो वडा कार्यालयले ताला लगाइदिएकाे हाे ।  

४७ वर्षीय पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई उपचारका लागि अस्पताल लगिएको छ । वडा कार्यालयले ताला लगाएपछि भाडामा बस्दै आएका र संक्रिमितका परिवारका सदस्यसहित १० जना सो घरमा थुनिएका छन् ।  

संक्रमितको घरबाट सो घरका बासिन्दा अन्यत्र आवतजावत गरेपछि ताला लगाइएको सो वडाका वडाध्य वडाध्यक्ष लक्ष्मी प्रसाद ह्ँयौमिखाले जानकारी दिए  ।तर, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले संक्रमितको घरमा ताला लगाउनु गलत भएको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि