बैशाख २४, २०८१, सोमबार
               

भक्तपुरमा कोरोनाले थप एकको मृत्यु, ४२ जना थपिए नयाँ संक्रमित

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा ४० वर्षीय महिला रहेको उनले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ । यस्तै, डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि