जेठ ०५, २०८१, शनिबार
               

बिना इजाजतको औषधिसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

सुनसरी । बिना इजाजतको औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका-२ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।

बिना इजाजतका विभिन्न औषधि लिई मानिसहरु आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अख्तर मियालाई २ हजार ९८० ट्याबलेट निमोस-पी, ४ हजार ९८० क्याप्सुल भाईवेल, ८ सय ट्याबलेट जेनेग्रारेड,  ८ ट्याबलेट स्पास्मो प्रोक्सीभन र ६० ट्याबलेट नाइट्राभेट सहित पक्राउ गरेको हो ।

यसैगरी एहसान अन्सारीलाई  १ सय २० क्याप्सुल पुरुष जिवन क्याप्सुल, १ सय ९५ थान डेर्मिकम मलम, १२ हजार ट्याबलेट केटसललगायतका विभिन्न औषधिसहित पक्राउ गरेको हो ।         

उनीहरूलाई आवश्यक कारवाहीको लागि औषधि विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो पनि