जेठ ०५, २०८१, शनिबार
               

उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा कार्यान्वयनमा रहेको निषेधाज्ञा पुन: एक साताका लागि लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला प्रमुखले गृह मन्त्रायलसँग छलफलपश्चात निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । एक स्रोतका अनुसार केही सेवालाई भने छुट दिइने बताइएको छ । 

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

यो पनि