असोज ०६, २०८१, आइतबार
               

भक्तपुरमा कोरोनाका कारण एकजनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । 

भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका उनको मंगलबार पाटन अस्पतालमा मृत्यु भएको हो । उपमेयर अञ्जनादेवी मधिकर्मीका अनुसार अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यमा परीक्षण गर्दा उनका बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमा मृत्यु भएको थियो ।

युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा
छन् ।


कस्तो लाग्यो ?

यो पनि