जेठ ०५, २०८१, शनिबार
               

जनप्रतिनिधिसँग चन्दा माग्ने विप्लव कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

सल्यान । जनप्रतिनिधि तथा व्यापारीसँग चन्दा मागेर आतंकित पार्दै हिँड्ने विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्ता पक्राउ  परेका छन् । 

पक्राउ पर्नेमा भेरी कर्णाली व्युरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका-२ निवासी ५० वर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका-२ निवासी ४२ वर्षीय तिलकबहादुर वली छन्।

उनीहरू दुवैनालाई सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा ६ स्थित जलजला भन्ने ठाउँवाट  पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

‘जनप्रतिनिधि र स्थानीय व्यापारीलाई चन्दा मागेर अशान्ति मच्चाएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो,’ डिएसपी खतिवडाले भने, ‘प्रहरी कर्मचारी पुगेर सोधपुछ गर्न खोज्दा उनीहरुले उल्टै प्रहरी कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्ने छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया सुरु भइसकेको डिएसपी खतिवडाले बताए।

यो पनि