जेठ ०६, २०८१, आइतबार
               

इटलीलाई पछ्याउँदै काठमाडौंको कोरोना संक्रमण ग्राफ
समुदाय स्तरमा फैलियो, तर निषेधाज्ञाबाहेक विकल्प सोचिएन

ADVERTISEMENT

मार्चको अन्तिम साता विश्व स्वास्थ्य सङ्गठनले इटाली र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस समुुदायस्तरमा प्रवेश गरेको बताएको थियो । त्यसलाई नियन्त्रणको लागि कठोर उपाय अपनाउन चेतावनी दिइएको थियो । तर, इटाली र भारतले खासै वास्ता गरेनन् । त्यसको दुईसातापछि अप्रिलको दोस्रो साता इटालीमा कोरोना संक्रमण भयावह बन्यो । हजारौँ नागरिकहरूले ज्यान गुमाए ।

त्यसपछि सरकारले नियन्त्रणको लागि धेरै प्रयास गर्याे । तर संक्रमण झनै बढ्यो । रोकिने सङ्केत नै देखिएन । अन्तत  इटली कोरोना संक्रमण रोक्न नसक्ने भन्दै हात उठायो । सरकारले सर्वसाधारणलाई नै कडा चेतावनी दिनुपरेको थियो ।

त्यही बेला नै यता दक्षिण एसियाली मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम जनतालाई घरघरमा दीपावली गर्न आह्वान गरे । कहिले शंख फुक्न त कहिले थाल ठटाउन देशवासीलाई आग्रह गरे ।  सोहीअनुसार भारतीयले दीपावली गरे, शंख फुके, थाल ठटाए, तर कोरोनाको संक्रमण रोकिएन ।

तर, मङ्गलवार सम्मको तथयाङ हेर्ने हो भने भारतमा झन्डै ३७ लाख कोरोना संक्रमितको सङ्ख्या पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमितको सङ्ख्या १ लाख हाराहारीमा  छ। झन्डै १० हजार भन्दा बढी सक्रमितको अवस्था जटिल बनेको छ ।

अहिले ठिक त्यही अवस्था नेपालमा पनि आउने हो कि भन्ने चिन्ता बढेको छ । नेपालमा पनि कोरोना संक्रमण समुदाय स्तरमा पहिलो चरणमा फैलिसकेको भन्ने विज्ञहरूको भनाइ छ । यसले ठिक इटली वा भारतकै  महामारीको अवस्था आउन सक्ने त होइन भन्ने त्रास थपिएको छ ।

कुल संक्रमित मध्ये एक चौथाइ काठमाडौंमा

यस्तै काठमाडौं उपत्यकामा कोरोना सक्रमितको सङ्ख्या करिब १० हजार पुगेको  छ । देशभर कोरोना संक्रमितको कुल सङ्ख्या ४० हजार नाघ्दा काठमाडौं एक चौथाइ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगिसकेको छ ।

संक्रमित निको हुने दर ७० प्रतिशत भए पनि समुदाय स्तरमा कोरोना फैलिएमा यो ग्राफ ह्वात्तै बढ्ने देखिन्छ । किनभने अहिले सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जो कोरोनाको विरुद्धमा अग्रपङ्तीमा छन्, उनीहरूमा कोरोना देखिएको छ । यसरी समुदाय स्तरमा कोरोना संक्रमण फैलियो छ । तर भरपर्दो र पर्याप्त जाँच भएकै छैन । यसले संक्रमणको जोखिम थप बढाएको छ ।

समुदाय स्तरमा फैलियो कोरोना

यसले गर्दा नेपालमा कोरोना संक्रमण समुदायस्तरै फैलिसकेको अवस्था देखाउँछ । दर्जन जति जिल्लाहरू कोरोनाको हटस्पट बनेको छ  । नेपालमा समुदाय संक्रमणकै चरणमा प्रवेश गरिसकेकाले नागरिक आफैँ अत्यन्त सजग हुनुपर्ने अवस्था छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारी भन्छन् ‘ पहिले विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो, अहिले संक्रमितमध्ये ९६ प्रतिशत स्थानीय छन्, तथ्याङ्कको वैज्ञानिक विश्लेषण गर्दा नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ ।’

अहिले १२ जिल्लामा मात्रै ७३ प्रतिशत सक्रिय संक्रमित रहेको उल्लेख गर्दै डा. तिवारीले यसले ती जिल्लामा समुदाय स्तरमा संक्रमण फैलिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका १२ जिल्ला– मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

निषेधाज्ञाले नियन्त्रणमा आउला ?

संक्रमण समुदाय स्तरमा फैलिएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको तीन साता पुगेको छ । भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी छ ।

संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरूको तयारी छ । तर निषेधाज्ञा नै अन्तिम विकल्प नभएको भन्दै धेरैले विरोध जनाएका छन् । लामो समययताको निषेधाज्ञाबाट काम गरेर खानुपर्ने वर्गहरू तथा निम्न वर्गहरूलाई समस्या परेको छ । 

यसअघि तीन महिना लामो लकडाउन गरिएको थियो । पछि भदौ ३ देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी भएको थियो । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरियो । जुन बुधवार मध्यरातबाट सकिँदै छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि