असोज ०६, २०८१, आइतबार
               

पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड -१९ संक्रमणबाट काठमाडौंमा पूर्वन्यायाधीशको मृत्यु भएको छ । उनमा लामो समयदेखि मुटुको समस्या थियो । पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो ।

'मुटुको समस्या थियो । उपचारकै क्रममा उहाँमा कोरोना भाइरस देखिएको हो, आज बिहान निधन भयो,' उनका भाइ कृष्णराज चालिसेले बताए।  

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए । उनी ७० वर्षका थिए। 

'पाँच दिनअघि शहिद गंगालाल अस्पतालमा भर्ना हुनु भएको थियो । आज मृत्यु भयो,' काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले भने।

उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि