जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा थपिँदा दाङका सडक बजार सुनसान

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

दाङ ।  दाङमा आइतबार रातिदेखि एक हप्ता सम्मको लागि थपिएको निषेद्याज्ञा जारी छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि एक हप्ता यहि भदौँ २१ गते रातिसम्म घोषणा गरिएको हो ।

निषेधाज्ञा सुरु भएसँगै जिल्लामा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन, बजारहरु पूर्णबन्द भएका छन्। जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही पुर्ण रुपले बन्द भएका छन् । जसले गर्दा जिल्लामा सुनसान देखीएको छ ।

गत शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले  निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। जिल्लामा कोरोना संक्रमणको समुदायस्तरमै देखिन थालेपछि  रोकथाम तथा नियन्त्रणका लागी निषेधाज्ञा गरिएको हो ।

नियमको उल्लङघन गर्ने जोसुकैलाई पनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन्। सबै आ–आफ्नो घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन उनले सवैमा आग्रहसमेत गरेका छन् ।

जिल्लामा आइतबारसम्म ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६९८ जना निको भएर घर फर्किएका छन्,भने ७२ जना संक्रिय संक्रमितहरु रहेका छन्। जिल्लामा हालसम्म २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  
 


कस्तो लाग्यो ?

यो पनि