बैशाख २०, २०८१, बिहीबार
               

कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख २० नाघ्यो

एजेन्सी
भदौ १५, २०७७

ADVERTISEMENT

ब्राजिलमा पछिल्लो २४ घन्टामा १६ हजारभन्दा बढीमा कोरोना पहिचान भएको छ । 

प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका छन् । तर, अधिकारीहरुका अनुसार यो संख्या भने पहिलेभन्दा कम  हो ।

त्यसैगरी, कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार  सङ्क्रमितको संख्यामा कमी आएको हो । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो ।

तर, त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । ब्राजिलामा सङ्क्रमितको संख्या लाखौँ  पुगेको छ । पछिल्लो समाचारअनुसार ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ ।

शनिबार मात्र यहाँ ४० हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ ।

यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएको बताइएको छ । 
ब्रालिज अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित छन् ।

पछिल्लो समाचारमा जनाइए अनुसार अमेरिकामा कोरोनाका  मृत्यु हुनेको संख्या एक लाख ८३ हजार पुगेको  छ ।  अमेरिकामा संक्रमण र मृत्युको संख्या दिन प्रतिदिन बढिरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि