असोज ०६, २०८१, आइतबार
               

भरतपुर अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । सो अस्पतालको आइसियुमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । 

अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलका अनुसार ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनको स्वास्थ्यमा समस्या देखिएपछि भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । 

सोमबार ७८ वर्षीय वृद्धको मृत्युसँगै सो अस्पतालमा कोरोनाका कारण हालसम्म १२ को मृत्यु भएको छ । मृत्यु हुनेमा  चितवनका ६ जना, मकवानपुरका ३ जना, बाराको निजगढ, नबलपरासीको विनयत्रिवेणी र गोरखा आँबुखैरहनीका एक/एक जना छन् ।


कस्तो लाग्यो ?

यो पनि