जेठ ०६, २०८१, आइतबार
               

भक्तपुरमा सडकमा दूध पोखियो

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा दूध सडकमा फ्याँकिएको छ । निषेधाज्ञाका कारण बिक्री नभएपछि सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले  दूध सडकमा पोखेका हुन् । 

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार किसानबाट संकलन गरेको दूध बिक्री नभएपछि सो दूध सडकमा पोखिएको हो । 

केही दिनयता निषेधाज्ञाका कारण बिहान सवा नौ बजेसम्म मात्र सामान्य किराना र दूध डेरी खोल्न पाइने हुँदा दूधजन्य सामग्री कम बिक्री हुँदै आएको छ ।

काठमाडौंमा दैनिक सात लाख लिटर दूध खपत हुने भए पनि निषेधाज्ञाका कारण हाल लगभग तीन लाख लिटर मात्रै दूग्धजन्यपदार्थ बिक्री हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि