बैशाख २५, २०८१, मंगलबार
               

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

चितवन मेडिकल कलेजमा  हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । 

मृतक महिला मिर्गौलापीडित थिइन् । डायलाइसिस गर्न भन्दै उनी साउन २७ गते चितवन मेडिकल कलेजमा भर्न भएकी थिइन् । 

मिर्गौलापीडित उनमा डायलाइसिस गर्ने क्रममै कोरोना पुष्टि भएको थियो । उनको मृत्युसँगै चितवनमा कोरोनाका कारण नौ जनाको मृत्युु भएको छ । जसमा चितवनका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।


कस्तो लाग्यो ?

यो पनि