जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ ।

जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । 

यो पनि