काठमाडौं । गृह मन्त्रालयले शुक्रबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई सरुवा गरेकाे छ ।
सल्यानको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका हेमराज तामाङलाई पठाइएकाे गृह मन्त्रालयले जनाएकाे छ ।