जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा फेरि एक हप्तासम्म निषेधाज्ञा थपियो

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले उग्ररुप लिँदै गएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा  फेरि एक हप्तासम्मको लागि थप्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार बसेको बैठकमा निषेधाज्ञा पुनः एक हप्तासम्म निषेधाज्ञा लागू गर्नै निर्णय गरेको हो ।

जानकारी अनुसार उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको छ । तर, प्रशासनले भने यसबारे केही जनाएको छैन ।  उपत्यका नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक हप्ता निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।

सोही अनुसार बैठकले उपत्यकामा निषेधाज्ञा एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।  कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते  राति १२ बजेबाट जारी  भएको निषेधाज्ञा आज सकिँदैछ।  


कस्तो लाग्यो ?

यो पनि