जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा तीन जिल्लाभित्रका निषेधाज्ञाबारे आज निर्णय हुने

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा निषेधाज्ञाबारे सरकारले आज निर्णय गर्दै छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा अवधि बढाउनेबारे आज बैठक बसेर निर्णय लिने भएका हुन् ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरे पनि यसबारे बुधबार मात्रै बैठक बसेर निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताको लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश आज (बुधबार) राति १२ बजेबाट सकिँदै छ । 


कस्तो लाग्यो ?

यो पनि