असोज ०६, २०८१, आइतबार
               

कोरोना रिपोर्ट नआउँदै कोभिड अस्पताल वीरगञ्जमा एकजनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गण्डक कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका लागि पुगेका ती वृद्धलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

तराई अस्पतालका चिकित्सक डा. रोशन कुर्मीका अनुसार गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई इमर्जेन्सीकक्षमा राखी उपचार सरु गरिएको थियो ।

एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार नआएको, अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि