बैशाख २२, २०८१, शनिबार
               

भक्तपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमित ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई डायलासिसका लागि अस्पताल भर्ना गरिएको थियो । ती पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतक पुरुष रुपन्देहीका हुन् । जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले मृतकको शव व्यवस्थापन भइसकेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि