जेठ ०५, २०८१, शनिबार
               

हाल ४८ जिल्लामा निषेधाज्ञा जारी
मास्क प्रयोग नगर्ने ४ लाख ६४ हजारभन्दा बढीलाई कारवाही

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल ४८ जिल्लामा निशेधाज्ञा जारी छ । 

कोरोना संक्रमण थप बढ्न नदिन संक्रामक ऐन २०२० ले  दिएकाे अधिकार प्रयोग गरी निषेधाज्ञा जारी रहेकाे र समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेकाे गृह मन्त्रालयले जनाएकाे छ । 

साथै कोरोनासँग जुध्न मास्क अनिवार्य भए पनि हालसम्म मास्क नलगाउने ४ लाख ६४ हजार २१६ नियन्त्रणमा लिई ३ लाख ९० हजार ५४५ जनालाई सम्झाइबुझाई छोडिएका छन् । त्यस्तै ४२ हजार ६५ जनालाई मास्क वितरण गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ । 

साथै मास्क नलगाउने ३१ हजार ६०६ जनलाई जरिवाना तिराइएकाे गृहद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । साथै अनुमतिविना काठमाडौं प्रवेश गर्ने ८ हजार ६२१ सवारी साधन र २० हजार ८७६ जनालाई नाकाबाटै फिर्ता गरिएकाे गृहले जनाएकाे छ । 

साथै पछिल्लाे समय काठमाडौं, चितवनलगायतका देशका विभिन्न स्थानमा अग्रपंतिमा रहेर काम गर्ने स्वासथ्यकर्मीमाथि अभद्र व्यवहारका घटनाहरू सार्वजनिक भइरहेकाेले यस्ता गतिविधीका संलग्नलाई कडा कारवाही गर्न गृहले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएकाे छ । 

यो पनि