बैशाख २७, २०८१, बिहीबार
               

बुटवलमा थप दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार बुटवल–१ की ६७ वर्षीया महिला र सम्मरीमाई गाँउ पालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

साउन ३१ गते ६७ वर्षीयय महिलामा कोरोना स.क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । 

उपचारको क्रममा ती महिलाको आज दिउँसो १ बजे कोरोना बिषेश अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ । 

ती महिलामा पहिलेदेखि नै स्वासप्रश्वासको समस्या रहेको बताइएको छ । साथै उनी मृगौला रोगबाट समेत पीडित थिइन् ।

यसैबीच, अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार आजै रुपन्देहीको सम्मरीमाई गाँउपालिकाका ३८ वर्षीय पुरुषको पनि दिउँसो १:१० बजे मृत्यु भएको हो । 

भादौ १ गते स्वास प्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । दुबैजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

योसँगै रुपन्देहीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि