जेठ ०६, २०८१, आइतबार
               

फेरि थपियो निषेधाज्ञाको अवधि

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

रौतहट । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि रौतहट जिल्लामा अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । 

संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि गत १ गतेदेखि थप गरिएको निषेधाज्ञा १४ गते (आइतबार) मध्यराति १२ः०० बजे सम्मलाई निरन्तरता दिएको छ ।

शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा आम नागरिकलाई अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु भने प्रत्येक दिन विहान ७:०० बजेदेखि विहान ११:०० बजेसम्म खुल्ला रहने बताइएको छ । ती पसलहरुले तोकिएको शर्तहरु भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

विक्रेता तथा उपभोक्ताले स्यानिटाइजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने, मास्क नलागई आउने उपभोक्तालाई सामान बिक्री वितरण नगर्ने, अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मात्र बिक्री वितरण गर्ने निर्णय गरिएको छ । 

त्यसैगरी  बैङ्क तथा वित्तीय संस्थाहरु प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, निर्माण सामग्री ढुवानी तथा खद्यान्न सामग्री ढुवानीको सवारी साधनहरुलाई नेपाल सरकारद्वारा जारी सवै स्वास्थ्य स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्नुपर्नेछ । 

त्यसैगरी बैंक तथा वित्तिय संस्थाको सेवा लिन तथा खाद्यान्न सामग्री खरिद गर्न जाँदा उपभोक्ताले सवारी साधन प्रयोग गर्न पाउने छैनन् ।

तोकिएको स्वस्थ्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्ने र गराउने वा कार्यान्वयनमा अवरोध गर्ने र गराउने उपर संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने रौतहट प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि