बैशाख २५, २०८१, मंगलबार
               

स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयद्वारा घेराउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीयवासीले  डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् । 

राजधानी केन्द्रबिन्दु बानेश्वरको मिलनचोकमा शनिबार स्थानीयले स्वास्थ्यकर्मी बसेको होस्टेल होस्टेल घेराउ गरेका हुन् । 

स्थानीयले सञ्चालकलाई गालीगलौज गर्दै स्वास्थ्यकर्मी नराख्न भन्दै सो होस्टेल भएको घर घेराउ गरेका हुन् । सो होस्टेलमा सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी बस्दै आएका छन् । 

लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानाले पचास साठीको टोलीले धक्याउँदै घर घेराउ गरेको बताए । 

स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमतिबिना स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै तत्काल यहाँबाट स्वास्थ्यकर्मी हटाउन माग गरेका छन् । होस्टेल सञ्चालकका अनुसार स्थानीयले घर घेराउ गरी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेका थिए । 

यो पनि