जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट बागमती प्रदेशमा २९ को मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । 

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त संक्रमणबाट मृत्युु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म संक्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।  

प्रदेशमा ७३४ जना कोरोना संक्रमित उपचारपश्चात् घर फर्केका छन् । संक्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुुसार  कोरोना संक्रमण जनस्तरमा फैलिन थालेपछि  प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ  । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित फेला परेकाले कडाइ गरिएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि