बैशाख २१, २०८१, शुक्रबार
               

पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

पर्सा । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

योसँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । 

त्यस्तै बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

उच्च रक्तचाप, मुटु र दम सम्बन्धी पीडित रहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

उनमा ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता हुने समस्या देखिएको थियो ।

प्रशासन कार्यालयका अनुसार दुवै जना संक्रमितको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि