जेठ ०७, २०८१, सोमबार
               

ओम्नीले सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गर्‍यो

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रालि) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिको तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाशीश हरिकृष्ण कार्कीको इजलासले बिहीबार १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएकै भोलिपल्ट सर्वोच्चमा सो रिट दायर भएको हो । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित सो कम्पनीले स्वास्थ्य सेवा विभागले गरेको खरिद सम्झौता रद्दको निर्णयविरुद्ध शुक्रबार रिट दायर गरेको हो । सो रिट ओम्नीका सञ्चालक पारस केसीका वारेस अमीर लामिछानेले दायर  गरेका थिए ।

सो रिटमा औषधि खरिद सम्झौता गर्दा दाखिल गरेको जमानत जफत नगर्नु र कालोसूचीमा समेत नराख्नु भन्ने प्रतिषेधको आदेश र सम्झौताको यथावत पालना गरी ओम्नीबाटै सम्झौताबमोजिम स्वास्थ्य सामग्री आपूर्ति गराउन उपयुक्त आदेशको माग गरिएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमण देखिन थालेपछि चीनबाट स्वास्थ्य सामग्रीखरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो ।तर, सो कम्पनीले  सरकारले भनेबमोजिम समान ल्याउन नसकेपछि विभागले सम्झौता रद्द गर्ने, बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सो रिटमा विभाग टेकु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । 

यो पनि