बैशाख २१, २०८१, शुक्रबार
               

सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  काठमाडौं र सप्तरीका दुई संक्रमितको मृत्यु भएको हो ।

काठमाडौंका ७६ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जनाकारी दिए ।

उनी ६ दिनदेखि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा पुगेको एक घण्टामा नै उनको मृत्यु भएको थियो ।

त्यस्तै, सप्तरी राजविराजका ७७ वर्षीय वृद्धको आज बिहान १० बजे मृत्यु भएको छ । गम्भीर अवस्थामा उनलाई बिहीबार साँझ अस्पताल ल्याइएको थियो ।

राजविराजबाट साउन ३० गते उनलाई काठमाडौं ल्याइएकोथियो । स्वाब परीक्षणपश्चात साउन ३२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि