बैशाख २१, २०८१, शुक्रबार
               

सप्तरीमा ३२ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

सप्तरी । सप्तरीमा एक महिलाको मृत्यु भएको छ । उच्च ज्वरो नियन्त्रणमा नआएपछि उपचारको लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ती महिलाको मृत्यु भएको हो ।

डाक्नेश्वरी नगरपालिका-८ निवासी ३२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो । उनलाई चार दिनदेखि उच्च ज्वरो आइरहेको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले जानकारी दिए ।

उनमा कोरोना संक्रमण भए नभएको एकीन गर्न स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ ।

चार दिनसम्म औषधि खाँदा समेत ज्वरो नियन्त्रणमा नआएपछि शुक्रबार बिहान महिलालाई धरान लैजाने तयारी भएको थियो । तर बिहीबार राति नै उनको मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक साहका अनुसार, ती महिला बिभिन्न व्यक्तिको घरमा गएर काम गर्ने गर्दथिन् ।

उनमा कोरोना संक्रमण छ कि छैन भनेर एकीन गर्न स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक साहले बताए । ‘रातिसम्म रिपोर्ट सार्वजनिक गरिदिन स्वास्थ्य कार्यालयसँग आग्रह गरेका छौं,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि