बैशाख १५, २०८१, शनिबार
               

कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । 

भारतबाट फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

प्यूठानमै उपचाररत उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो ।

मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो । 

योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि