बैशाख १५, २०८१, शनिबार
               

कोरोना संक्रमित २८ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । 

केही दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार छिन्नमस्ता अस्पताल राजविराज भर्ना गरिएको थियो । 

त्यहाँबाट उनलाई विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । उपचारकको क्रममा मंगलबार नै उनको विपी कोईराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो । बुधबार राति आएको रिपोर्टमा युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । 

यसैबीच, प्रदेश २ मा कोरोना संक्रमणबाट ४८ जनाले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि