जेठ ०९, २०८१, बुधबार
               

कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

मन्त्रिपरिषद् बै्ठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्‍चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएकाे बताए ।

संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड- १९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई अधिकार सुम्पने निर्णय भएको उनले बताए ।

साथै सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

यो पनि