जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्च अदालका एक कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने एक सय८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार गत शनिबार संकलन गरिएको स्वाबको रिपोर्ट आउँदा इजलासमा बस्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि सोही अदालतका गाडीचालक र न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सर्वोच्च अदालतमा कोरोना महामारीको त्रास बढेसँगै बन्दी प्रत्यक्षीकरण रिट र अरु केही जरुरी मुद्दा तथा पेसी, तारेख लिनेजस्ता काममात्र सञ्चालन मात्र काम गरी अन्यलाई भने थाती राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि