असोज ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणका कारण विराटनगरमा थप एकको निधन

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणका कारण सोमबार थप एक जनाको निधन भएको छ । 

विराटनगर महानगरपालिका–८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा सोमबार निधन भएको हो  । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार कोशी अस्पताल लगी आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो । उपचारकै क्रममा उनको सोमबार बेलुका करिब साढे पाँच बजे उनको मृत्यु भएको थियो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले आइतबार भर्ना भएका ती पुरुषको सोमबार बेलुका मृत्यु भएको  बताए । ती पुरुषको निधन भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या आठ पुगेको छ ।
यसअघि विराटनगर–९ का दुईजनाको मृत्यु भएको थियो । 
यसअघि विराटनगर महानगरपालिका वडा नम्बर – २, ३, ५, १० र १५ मा एक एकको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि