बैशाख २०, २०८१, बिहीबार
               

फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर एकजनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर  एकजनाको मृत्यु  भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का २३ वर्षीय विकास जैसवालको फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर मृत्यु भएको हो ।

आफ्नै घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खसेर घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको  बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि