असोज ०५, २०८१, शनिबार
               

क्वारेन्टाइनमा बसेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए । उनको गएराति ११ बजेर ५ मिनेट जाँदा मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ ।  

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो । 

अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि