असोज ०५, २०८१, शनिबार
               

कोरोनामुक्त भएर डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

वीरगञ्ज । कोरोना संक्रमणलाई जिती कोरोना अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ । 

आइतबार कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामै वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

मृतक नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ  आएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । 

यसका अलवा मृतकका एक छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि