जेठ ०७, २०८१, सोमबार
               

विराटनगरबाट सरुवा भएर खोटाङ गएका ६ प्रहरीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं ।विराटनगरबाट सरुवा भएर खोटाङ गएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट सरुवा भएर खोटाङ गएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

हाल उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सरुवा भएर खोटाङ पुगेलगत्तै उनीहरुलाई जिल्ला प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको छ । 

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिएका छन् । 

योसँगै खोटाङमा संक्रमितको संख्या १९ पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका १० वटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०/२० तथा आठ गाउँपालिकालाई १०/१० श्ययाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो । 

यसैबीच जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ ।

बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए


कस्तो लाग्यो ?

यो पनि