असोज ०५, २०८१, शनिबार
               

प्रदेश २ मा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

जनकपुरधाम । हालसम्म कोरोना संक्रमणबाट प्रदेश–२ मा ४२ जनाकाे मृत्यु भएकाे छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश–२ का अनुसार पछिल्लो सातामात्र १४ जनाको मृत्यु भएको छ । प्रदेश–२ मा हालसम्म ६९ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ हजार ६ सय २७ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको समाजिक विकास मन्त्रालय प्रदेश–२ ले जनाएको छ । 

हाल दुई हजार ११ जना संक्रमित होम आइसोलेसनमा छन् । ६ हजार ९ सय २५ जनाको परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा आउन बाँकी छ । साथै प्रदेश २ का आठ वटै जिल्लाबाट ३ हजार ५ सय ४८ जना कोरोना संक्रमितले कोरोना जितेका हुन् ।

भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृतकको संख्या धेर भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि