बैशाख २७, २०८१, बिहीबार
               

नवलपरासीमा निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

नवलपरासी । कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ  । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन ।

जिल्लामा कोरोना संक्रमण क्रमश: बढ्दै गएको र थप संक्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले  जानकारी दिए ।

निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ ।

अनावश्यक रुपमा हिँड्डुल गर्नसमेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । यता एउटा स्थानीय तहबाट अर्को स्थानीयमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्लास्थित बढी भीडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ  ।

यस जिल्लामा  पछिल्लोपटक समुदायमा कोरोना संक्रमण फैलिँदै गएपछि जोखिम ह्वात्तै बढेको छ ।

जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १३० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि