असोज ०५, २०८१, शनिबार
               

थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

धनुषा । कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएका धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । 

प्रादेशिक अस्पताल जनकपुरधामबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएका ती बिरामीको बाटोमै मृत्यु भएको  हो । थप उपचारका लागि भन्दै सो अस्पतालले बिहीबार दिउँसो १ बजे काठमाडौं  रेफर गरेको थियो । तर, उनको सोही दिन ३ बजे मृत्यु छ ।

त्यसैगरी, सर्लाहीकी एक महिलाको पनि कोरोना संक्रमणकै कारणबाट मृत्यु भएको छ । ६५ वर्षीया ती महिलाको थप रिपोर्ट भने आउन बाँकी छ । 

शुक्रबार एक पुरुष र एक महिलाको निधन भएसँगै प्रदेश २ मा कोरोना संक्रमणकै कारण ४२ को  मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि