असोज ०५, २०८१, शनिबार
               

संक्रमितलाई घरमै राखेकोमा स्थानीयको विरोध

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटमा थप २४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित हुनेमा गौर नगरपालिकाका आठ कर्मचारीसहित १७ जना, परोहा नगरपालिकामा चारजना,  देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकाका एक/एक जन छन् ।

स्वास्थ्य कार्यालय गौरका अनुसार हाल संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भइरहेको छ । तर, पछिल्लो समय थपिएका संक्रमितलाई घरमै राखिएको बताइएको छ । 

सो विषयलाई लिएर स्थानीयले विरोध गरेका छन् । जिल्लामा सञ्चालनमा रहेको आइसोलेसन खाली रहेपनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढ्न सक्ने भन्दै स्थानीयले उनीहरुले विरोध गरेका हुन् । 

रौतहटमा पछिल्लो ६ दिनमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । सो  हालसम्म एक हजार चार सय १५ मा कोरोना संक्रमण पुष्टि छ । संक्रमतिमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन् । सो जिल्लामा जिल्लाबाहिरबाट आएर क्वारेन्टाइन बस्नेको संख्या एक सय ५९ रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि