काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बिहीबार सिराह जिल्ला विष्णुपुर गाउँपालिका– १ का निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । जानकारी अनुसार उनी रोगले च्यापेर गम्भिर अवस्थामा अस्पतालमा भर्ना भएका थिए ।
उनको बिहीबार नै कोरोना पोजेटिभ देखिएको र मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।