काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ ।
बिहीबार थप ४ जनाकाे मृत्यु भएसँगै लकडाउन खुलेयता मृतककाे संख्या ५५ पुगेकाे छ । लकडाउन खुलेयता २३ दिनकाे अवधिमा मात्र ५५ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत साउन ६ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० जना थियो भने अहिले ९५ जना पुगेको छ ।
महाेत्तरीकाे मतियारी-६ का एक पुरुषकाे रामजानकी मन्दिरमा गत साउन २५ गते उपचराकाे क्रममा मृत्यु भएकाे मन्त्रालये बिहीबार पुष्टि गरेकाे हाे । त्यस्तै धनुषा जिल्ला मिथिला नपा- ७ की ८५ वर्षीया एक महिलाका विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ । अछाम रामाराेशन-५ का १८ वर्षीय एक पुरुषकाे पाटन स्वास्थ्य प्रतिष्ठनमा उपचारकाे क्रममा मृत्यु भएकाे छ भने माेरङकाे विराटनगर- ३ का एक पुरुषकाे काेसी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बागमतीका १८, गण्डकीका ६ जना, प्रदेश ५ का १२ जना, कर्णाली ४ जना र सुदूरपश्चिमका ८ जना गरी मृतककाे संख्य ९५ पुगेकाे हाे ।