असोज ०५, २०८१, शनिबार
               

काठमाडौं आउन-जान पूर्ण रूपमा रोक

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं प्रवेश गर्न र बाहिर जान राेक लगाइएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित देखा परेपछि आवत-जावत बन्द गरिएको हो । यससँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् ।

बुधबर एकैदिन काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित फेला परेपछि नाका सिल गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । ‘गृह मन्त्रालयको निर्देशन अनुसार उपत्यकाबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रन रोकिएको छ, सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ,’ ज्ञवालीले भने ।

काठमाडौं उपत्यकाका नाकाबाट अत्यावश्यक बाहेकको काममा भित्रिन नदिने, अत्यावश्यक काममा भित्रिनेहरूको कडा निगरानी गर्ने उनले बताए । उपत्यका भित्रिने नाकामा कडाइ गर्न बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । उनीहरूमार्फत निगरानी र परीक्षणको काम गर्न सकिने ज्ञवालीका भनाई छ । उपत्यकामा संक्रमति बढेसँगै परिस्थिति बिग्रनु अगावै कदम नचाल्ने हो भने अवस्था भयावह बन्ने विज्ञहरूको चेतावनी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिइँदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए । उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन् ।

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि