असोज ०५, २०८१, शनिबार
               

यस्तो छ, नेपालको पछिल्लो कोरोना अपडेट

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ । त्यसैगरी नेपालमा कोरोन भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टामा १० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणलाई जिती घर फर्कनेको  कुल संख्या १६ हजार  सात सय २८ छ । 

२४ घन्टामा कहाँ कतिले गुमाए ज्यान

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी काठमाडौंको किस्ट अस्पतालमा दुई जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एक/एकको ज्यान गएको छ । 

यसका अलवा सप्तरीमा अस्पताल लैजाँदै एकको निधन भएको छ भने महोत्तरी र बारामा मृत्युपश्चात एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि