असोज ०५, २०८१, शनिबार
               

मृत भेटिएका युवकमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जमा मृत भेट्टिएका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ ।

मृत भेट्टिएका बारा घरका ती पुरुषको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो ती पुरष करिब साढे ३ बजे मृत अवस्थामा फेला परेका हुन् । 

उनी  वीरगञ्ज–१६ नगवास्थित सामुदायिक प्रहरी कार्यालयनजिकै बाटोमा मृत फेला परेका थिए । हाल उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको बताइएको छ । उनको मृत्यु अत्याधिक मदिरा सेवनका कारण भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि