असोज ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थप १३८ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएकाे छ । 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना छन् । 


कस्तो लाग्यो ?

यो पनि