बैशाख २७, २०८१, बिहीबार
               

तपाईंले होटेलमा खाना-खाजा खानुभयो भने स्थानीय तहले कारबाही गर्ने

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुलेसँगै तपाईंले यदि रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खान सुरु गर्नुभएको छ भने अब आजैबाट तपाईं यो सुविधाबाट वञ्चित हुनुभएको छ । 

सरकारले साना तथा ठूला रेष्टुरेन्ट र खाजाघरले टेक अवे सेवा मात्रै दिने निर्णय गरेसँगै तपाईं सो सुविधाबाट वञ्चित हुनुभएको हो । 

सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरमा बसेर खाना तथा खाजा खानका लागि रोक लगाएको छ ।

होटेल तथा रेष्टुराँको नियन्त्रणका लागि सरकारले स्थानीय तहलाई अधिकार दिएको छ । यदि तपाईंले अटेर गर्नुभयो भने तपाईंलाई  स्थानीय तहले नै कारबाही गर्न पनि सक्नेछन् । 

काठमाडौंमा दिनप्रतिदिन कोरोना संक्रमण बढेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो अधिकार स्थानीय तहलाई सुम्पिएको हो । 

यसका अलवा अब १५ दिनका लागि ठूला होटेल बन्द रहने बताइएको छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुने बताएसँगै ती होटेल १५ दिनका लागि बन्द हुने भएका हुन् ।

यो पनि